ह्याप्पी न्यु यामाहा आफर योजना अनुसार टीकापुरस्थित जानकी ट्रेडस एण्ड सप्पलायर्सले साप्ताहिक लकी ड्र को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार मुनुवा–९ का वीरवहादुर थारुले सुनको सिक्का जितेको जानकी ट्रेड एण्ड सप्लायर्सका हेमन्त रावलले जानकारी दिए। साप्ताहिक लकी ड्र मा १७ जना सहभागि रहेका थिए ।
यसैगरि हप्ताको आइतबार साप्ताहिक लकी ड्र खोलने पनि रावलले जानकारी दिए।
रावलले यहि चैत्र २४ गतेदेखि २८ गते सम्म टीकापुरको भानु चोक कान्छी बजारको खुला मैदानमा यमाहा महा मेला लाग्ने पनि बताए । महा मेलामा मोटरसाइकल एक्सचेन्ज गरिने, प्रि चेक अफ गरिनुका साथै सांगेतिक कार्यक्रम पनि रहेको रावलले जानकारी दिए । उनले मेलामा कुनै पनि ब्राण्डको पुरानो बाइक तथा स्कुटरको न्यूनतम मुल्यांकन रु. ३० हजार रहेको र प्रचलित बजार मुल्य भन्दा रु। १० हजार थप मूल्य दिने जानकारी दिए ।
यमाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि. ले नयाँ बर्ष २०७६ लाई लक्षित गरी ह््याप्पी न्यू यामाहा अफर योजना ल्याएको छ ।
यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सिक्का जित्ने मौका पाउने छन् । साथै हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड पाउनुहुनेछ जसमा एक लाख रुपैयाँसम्म नगद छुट पाउने जनाईएको छ ।
जानकी ट्रेडस एण्ड सप्पलायर्स बाट वीरवहादुर थारुले जिते सुनको सिक्का
विज्ञापन

प्रतिक्रिया दिनुहोस्