७ कात्तिकदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ले पूर्वी नेपालका सहरबाट प्रचारप्रसार थालेको छ । फिल्म प्रवर्धनको लागि फिल्मले पूर्वका विभिन्न सहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।
पूर्वका सडकमा गुड्ने विद्युतीय रिक्ससहितका अटो ‘मैझारो’मय भएका छन् । हाँस्य कलाकार समेत रहेका निर्देशक विल्सनविक्रम राईले आफ्नो फिल्मलाई दर्शकमाझ पु¥याउन कस्सिएर लागिपरेका छन् । उनी आफ्नै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई हँसाउदै सांगीतिक धमाका दिदैछन् ।
उनीसँग गायक राजेशपायल राई, संगीतकार तथा गायक अनमोल गुरुङसहितका कलाकारले प्रस्तुति दिनेछन् । विहिबार धरानमा फिल्मको प्रचारका रुपमा कन्सर्टको आयोजना गरिएको थियो

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।