काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सले टस जितेर बलिङ रोजेको छ ।
जारी प्रतियोगितामा अपराजित यात्रा कायम राखेको सुदूरपश्चिमको यो तेस्रो खेल हो । यता कर्णालीको पनि यो तेस्रो खेल हो । उसले पहिलो दुई खेलमा एकमा जित र एकमा हार व्यहोरेको छ ।
त्यस्तै, आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको थियो । प्रतियोगितामा विराटनगरको यो लगातार तेस्रो जित हो ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।