निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट कसुरमा कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टको आज पनि बयान जारी रहेको छ। बिहान ११ बजेदेखी सुरु भएको बयान अहिले पनि जारी रहेको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जाकारी दिए।
उनका अनुसार हिजो यातना दिएको मुद्दामा बहस भएकोमा अहिले प्रमाण नष्ट गरेको मुद्दामा विष्टको बयान चलिरहेको छ। विष्टको बयान सकिएपछि आजै मुद्दामा बहस हुने सम्भावना रहेको श्रेस्तेदार अवस्थीले बताए। तत्कालीन एसपी विष्ट हिजो बयानका लागि आफै अदालतमा उपस्थित भएका थिए। विष्टलाई हिजो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा हिरासतमा राखिएको थियो।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।