गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ ।त्यो संगै सहसचिव यज्ञराज बोहरालाई कैलालीको सिडिओमा सरुवा भएको छ । उनी कर्णाली प्रदेशमा कार्यरत थिए । उपसचिवको दरबन्दी भएका चार र सहसचिवको दरबन्दी भएको एक जिल्लामा सिडिओको हेरफेर भएको हो ।
गृह मन्त्रालयका अनुसार लमजुङमा मन्त्रालयबाट डा डिजन भट्टराईलाई पठाइएको छ । लमजुङका सिडिओ झंक ढकालको गृह मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै खोटाङमा अध्यागमन विभागमा कार्यरत विष्णुहरी उपाध्याय, ओखलढुंगामा गणेश आचार्य र हुम्लामा ढोलकराज ढकाललाई सरुवा गरिएको छ ।
कैलालीका नयाँ सिडिओ यज्ञराज बोहरा
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।