जानकी गाउँपालिकामा मोटरसाईकल दुर्घटना एकको मुत्यु एक घाइते
नेत्रप्रसाद न्याैपाने जेष्ठ ४ लम्की
कैलालीको जानकी गाउँपालिकामा शनिबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । गाउँपालिकाको बेलापुरमा से २ प ४२४६ नम्वरको मोटरसाईकलमा सवार बेलापुरकै ३२ बर्षिय रामनारायण चौधरीको मुत्यु भएको छ । मोटरसाईकल चालक २३ बर्षिय कृष्ण बम गम्भिर घाईते रहेको प्रहरीले जनाएको छ । घाइते बमको टिकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहोलपुर रेफर गरिएको छ । घाइते बमको टाउँकोमा चोट लागेको छ ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।