आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले यस्तो जानकारी गराएका हुन् । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट १५ गते पेश गर्ने सभामुख महराले जानकारी गराएका हुन् । त्यस्तै, सोही दिन बेलुकी ६ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने जनाइएको छ ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।