पक्राउ पर्नेमा जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ७ मोतिनगरका २० वर्षीय सुमन बुढाक्षेत्री र टीकापुर नगरपालिका वडा नम्बर १ का २० वर्षीय नविन भण्डारी रहेका छन ।
भारतबाट खैरोहिरोईन ल्याउँदै गरेको अवस्थामा टीकापुर नगरपालिकाको सोनाहाफाँटाबाट इलाका प्रहरी कार्यालय टीकापुरले उनिहरुलाई पक्राउ गरेको हो ।
प्रहरीको गस्ती टोलीले उनीहरुलाई भारततर्फबाट से ४ प ९५९५ नम्बरको मोटरसाइकल लागुऔषध ल्याइरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेकामध्ये बुढाक्षेत्रीले चलाएको मोटरसाइकलमा भण्डारीले लागुऔषध मुखमा राखेर ल्याएको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट २ ग्राम ९ सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।