लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय बीपी नगर डोटीका वन अधिकृत सुरेशचन्द्र डिसीसहित दुईजना विरुद्ध मुद्दा दायर भएको छ ।
काठको छुटपुर्जीको सिफारिसलगायतका कागजी प्रक्रियामा सहज वातावरण मिलाई दिएवापत घुस लिइरहेको अवस्था पक्राउ परेका सहायक वन अधिकृत डीसी र घुस दिने विचौलिया सुसन जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
वन अधिकृत डिसीलाई ३ लाख २६ हजार घुसलिएर धनगढी गइरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको थियो । उनले ५ लाख ६० हजार घुस माग गरेको अनुसन्धानमा देखिएको अख्तियारको दाबी छ । सहायक वन अधिकृत डिसीविरुद्ध ३ लाख २६ हजार विगो कायम गरिएको छ ।
घुस रकम उपलब्ध गराउने जोशीलाई अख्तियारले प्रतिवादी बनाएको छ । उनले सेवाग्राहीसँग ५ लाख ४५ हजार लिएर वन अधिकृत डिसीलाई ३ लाख २६ हजार मात्रै दिइएको पुष्टि भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । जोशीलाई ५ लाख ४५ नै विगो कायम गरिएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको हो ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।