कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ मा रहेको चुलिमालिका ग्रामिण विधुत सहकारी संस्थाको अध्यक्षमा नरेन्द्र संज्याल पुन अध्यमा चयन भएका छन ।
शुक्रबार सहकारी संस्थाको भएको १२ औं साधारण सभाले पुरानै कार्यसमिती लाई दोहोर्यौदै अध्यमा नरेन्द्र संज्याल, उपाध्यक्ष यज्ञ राज डाङ्गी, सचिवमा रङ्ग प्रसाद धमाला ,लसह-सचिवमा प्रेम चौधरी, कोषाध्यक्षमा पाना देवि खनाल, सदस्यमा देवि धरा कार्की, जानकी डाङ्गी, श्री प्रसाद खनाल, सीता ओली चयन भएका हुन भने लेखा समितिमा भने संयोजकको नयाँ अनुहारको रुपमा मनि राम जैशी चयन भएका छन । तीन सदस्यीय लेखा समितीको बाकी सदस्यमा डेविट पौडेल, र लक्ष्मी शाही रहेका छन ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिका वडा नंम्बरका २ का अध्यक्ष विष्णु प्रसाद ढकालले संस्थाले राम्रो काम गरेको र आउने कार्यसमितिले पनि राम्रो काम गरोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।
आगामी तीन वर्ष कार्यकाल रहने कार्यसमिति चयन गरेको भेलाले संस्थाको आर्थिक वर्ष २०७५/७७ का लागि १३ लाख २९४ रुपैयाँ बराबरको आय व्याय अनुमोदन समेत गरेको थिए ।
कार्यक्रमको सभापति संस्थाका अध्यक्ष नरेन्द्र संज्याल, प्रमुख अतिथिमा वडा अध्यक्ष विष्णु प्रसाद ढकाल, अतिथिमा नगर उधान मोहोनलालका उपाध्यक्ष भीम प्रसाद जैशी, वडा सदस्य यज्ञ राज डाङ्गी , असर्फी चौधरी, जानकी वि.क लगायत उपस्थित रहेको थियो ।
चुलिमालिका ग्रामिण विधुतको अध्यक्षमा पुन: सन्जयाल
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।