अक्षर सारथी
नेपाली कांग्रेसका महा समिति सदस्य अरुण चौधरी नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन् ।
आफ्नो फेसबुक वालमा ‘देश विकासमा योगदान पुर्याउने ठूलो अपेक्षा सहित विगत केही वर्षदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय , तर अहिले आएर त्यो सम्भावना कम देखिन गएकाले आजकै मिति देखि नेपाली काङ्ग्रेसको कुनैपनि पदमा नरहने गरि अलग भएको ’ भन्दै उनले नेपाली काङ्ग्रेस छाडेको घोषणा गरेका हुन् ।
साथै उनले चाडैं नै नयाँ योजना सहित राजनीतिमा सक्रिय नै रहने जानकारी दिएका छन् ।
चौधरीले स्थानीय तहको निर्वाचन, २०७४ मा मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) बाट लम्कीचुहा नगरपालिकाको नगर प्रमुखका उम्मेदवार भई ६ हजार दुई सय २२ मत प्राप्त गर्दै तेस्रो भएका थिए । ०७४ कै संघीय र प्रदेशको निर्वाचनमा भने नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभाको कैलाली क्षेत्र नं २ को ‘ख’ बाट उम्मेदवार बनेका थिए । ११ हजार दुई सय ३२ मत प्राप्त गरि दोस्रो भएका थिए । रेश्म चौधरीको नागरिक उन्मुक्ति पार्टीमा जान सक्ने आकलन गरिएको छ ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।