लम्की : कैलालीमा लागुऔऔषधसहित एक महिला पक्राउ परेकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका ३ चिसापानीबाट करिब ४ सय मिलिग्राम अवैध (खैरो हेरोईन) जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने ५० वर्षीया बिमला केसी पक्राउ परेकी हुन्।
सेती महाकाली होटलकी संचालकसमेत रहेकी केसीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिमलालाई उक्त पदार्थसहित फेला पारेर समातेको थियो। यस्तै थप अनुसन्धान गर्दा उक्त लागुऔषध सोही ठाउँ बस्ने २८ वर्षीया दिपा बिष्ट (साउद) ले बिक्री गर्न दिएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।