अक्षर साथी
लम्की/चैत्र १८
हाल पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन देखिएको छ । जल तथा मौसम विज्ञान विभाग विभागका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि पूर्ण बदली हुने र तराईमा मौसम सफा रहने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ भने हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिममा पनि बादल लाग्ने र छिटपुट पानी पर्न सक्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दिउँसो तराईमा तापक्रम बढेर गर्मी महसुस हुन सक्छ, तर राति पहाडी क्षेत्रमा चिसो बढ्ने अनुमान छ । उच्च हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई सावधानी अपनाउन सुझाइएको छ । मौसमविद्का अनुसार आगामी दिनमा यो प्रणाली कमजोर हुँदै मौसम खुल्ने सम्भावना छ ।
सुदूरपश्चिममा पनि बादल लाग्ने र छिटपुट पानी पर्न सक्ने !
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।