कैलाली डेस्क
लम्की, पुस ३
एमालेको जारी ११औं महाधिवेशनमा मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ ।
भरखरै अपडेट गरिएको गणनाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १५६ मत ल्याएका छन् भने अर्का प्रत्यासी ईश्वर पोखरेलले ६६ मत प्राप्त गरेका छन् ।
बिहानदेखि नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ । निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकालेपछि मतगणना सुरु भएको हो ।
मतगणनामा दुवै पक्षका उम्मेदवारका प्रतिनिधि, केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूको उपस्थिति छ ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।