अक्षर साथी
लम्की, पुस ११
कैलालीको लम्कीमा रहेको बल्चौर जैविक विविधता संरक्षण बचत तथा ऋण सहकारी संस्था लि.को १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी १५ औँ वार्षिक साधारण सभा शुक्रवार लम्कीको सौराई होटलमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा लम्कीचुहा वडा नं.१ वडा अध्यक्ष नेत्र प्रसाद खनालले जुन उदेश्यले ऋण लिएको सोही उदेश्यमा लगानी गर्दा सहकारी संस्था र ऋणी सदस्यलाई फाइदा हुने बताउँदै बताए । त्यस्तै प्रमुख अतिथि खनालले आफूले जानको काम र क्षेत्रमा मात्र लगानी गर्दा शेयर सदस्यलाई व्यवसायीक फाइदा हुने र संस्थाले लक्षित हासिल गर्न सहज हुने बताए ।
त्यस्तै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष धनन्जय न्यौपानेले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै
वि.सं.२०६७ सालमा व्यापारी, वातावरण संरक्षणप्रेमी अगुवा, बढीजीवीहरूको ३७ जना जना शेयर सदस्य सहित रु १ लाख २ हजार ५ सयको चुक्ता शेयर पूँजी सहित स्थापना भई भाडाको घरबाट सेवा आएकोमा २०७९ साल मंसिरदेखि आफ्नै भवनबाट शेयर सदस्यहरुलाइ सेवा दिदै आइरहेको बताए ।
ADVERTISEMENT

........................................................................................................................................................................ नेपाल सरकारको बन तथा भू–संरक्षण मन्त्रालयले कर्णाली रिभर करिडोर मार्गका रूपमा मान्यता दिएसँगै यस क्षेत्रको जैविक विविधता संरक्षण र पर्यटन विकासमा टेवा पुगेको छ । यसले स्थानीय बासिन्दाको जीवनस्तर सुधार गरी दिगो जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यही उद्देश्यअनुसार आवश्यक मागको परिपूर्ति गर्दै सानो–सानो पूँजी संकलन गरी ग्रामीण क्षेत्रमा साना पूँजीबाट व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूलाई संस्थाले आफ्नो क्षमताअनुसार सुलभ ब्याजदरमा ऋण लगानी गर्दै सदस्यहरूलाई आत्मनिर्भर बनाउने काम गर्दै आएको बताए ।
त्यस्तै अध्यक्ष न्यौपानेले संस्थाका सदस्यका हितका लागि व्यापार व्यवसाय कर्जा लागनी, सामाजिका कार्यमा १ लाखसम्म, आकस्मिक ऋण तीन महिनाको लागि २५ हजार, बैदेशिक अध्ययन ऋण ५ लाखसम्म उपलब्ध गराउनको लागि स्रोत खोजी गरीने बताए ।
त्यस्तै संस्थाका कोषाध्यक्ष तिलक प्रसाद खनालका अनुसार शेयर पूँजी ४० लाख ५५ हजार ७ सय पुगेको छ भने बचत निक्षेप ८८ लाख ९७ हजार ९३० रुपैयाँ संकलन गरिएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा २९ लाख ४८ हजार २१ रुपैयाँ आम्दानी गरेको संस्थाले खुद नाफा २ लाख ९९ हजार ७ सय १७ रुपैयाँ रहेको छ ।
६ सय ७६ जना शेयर सदस्य रहेको संस्थाको बार्षिक साधारण सभामा उपस्थित अतिथिहरूले संस्थाको प्रगति तथा संस्थाको बृद्धिका लागि शुभकामना व्यक्त गरेका थिए ।
’

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।