डोटी , चैत २८
डोटीको जोरायल गाउँपालिका–२ पतडामा श्रद्धाञ्जली सभा तथा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्य संरक्षण कोषमार्फत उक्त कार्यक्रम आयोजना गरेको हो ।
संस्थाका अनुसार सदस्य सुरक्षा कार्यक्रमअन्तर्गत गत पुस २० गते निधन भएकी सदस्य दुर्गा देवी कामीको परिवारलाई राहत प्रदान गरिएको हो। सहकारीको सहजपुर शाखाले शुक्रबार आयोजित कार्यक्रममा मृतकका श्रीमान् राजन बिकलाई ३ लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ।
कार्यक्रम किसान बहुउद्देश्यीय सहकारी संस्थाका नीति तथा अनुपालन विभाग प्रमुख दीपकराज ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिम विभाग प्रमुख नारायण चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सहजपुर शाखा प्रमुख दिनेशराज न्यौपानेले गरेका थिए।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।