लम्की, कैलाली । नेपाली कांग्रेस कैलाली क्षेत्र नं. २ ले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नं. २ क्षेत्रीय कार्यसमितिको आयोजनामा आज लम्कीस्थित निवर्तमान मुख्यमन्त्रीको निवासमा कार्यक्रम आयोजना गरिएको हो ।
शुभकामना कार्यक्रममा बोल्दै निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले शुभकामना व्यक्त गर्दै पार्टीलाई सुदृढ बनाएर अगाडि बढ्नु पर्ने बताए । त्यस्तै शाहले सोही अवसरमा तीनै तहका सरकारबीच समन्वय बढाउदै जनताको हितमा काम गर्नु पर्ने बताए ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नं-२ ले राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई आत्मसात् गर्दै चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।