धनगढीमा प्रदेश युवा सम्मेलन शुरु
कैलालीको धनगढीमा आजबाट प्रदेश युवा सम्मेलन शुरु भएको छ । नेपाल युवा परिषदको आयोजनामा प्रदेश युवा सम्मेलन शुरु भएको हो । दुई दिनसम्म चल्ने सम्मेलनको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरे । सो अवसरमा मन्त्री सुवेदीले प्रदेशलाई सबल बनाउने जिम्मेवारी युवाको काँधमा रहेको बताए । उक्त सम्मेलन भोलि धनगढी घोषणापत्र जारी गर्दै सम्पन्न हुने जनाइएको छ । सम्मेलनमा सुदूरपश्चिम प्रदेशभरीबाट २२० जना युवाको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।