असार २९ सुखड नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा बर्दगोरीया साहित्य तथा साँस्कृतिक मञ्चले कैलालीको बौनियामा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता गरेको छ । संस्थाका अध्यक्ष भरत ताम्राकाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी सहारा घरमा संस्थापक बल बहादुर बिष्ट रहनु भएको थियो । यस्तै कार्यक्रममा घोडाघोडी बहुमुखी क्याम्पसका स्ववियु सभापती जिवन बि.सी, बौनिया जेसिजका अध्यक्ष धिरज शाही, साईनिङ्ग स्टार युवा क्लव खैरेनीका अध्यक्ष मिलन ओली लगायत बिभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो । कविता वाचन प्रतियोगितामा आदर्श सामुदायिक विद्या मन्दिर बौनियाँकी छात्रा तुल्सा बम प्रथम, साईनिङ्ग स्टार एकाडेमी कट्टीपुरका छात्र दिपेश बोहरा द्धितिय, सनराईज ईङ्गलिस बोर्डिङ्ग स्कुल बौनियाँका छात्र तृतिय तथा राधेश्याम विद्यामन्दिर बौनियाँकी छात्रा उर्मिला देवकोटाले सान्त्वना स्थान हासिल गरेका छन ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।