घुस लिँदालिँदै रंगेहात पक्राउ परेका भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठको नाम विभूषण पाउनेको सूचिबाट हटेको छ । श्रेष्ठलाई १ वैशाखमा राष्ट्रपतिबाट जनसेवाश्री विभूषण प्रदान गर्न लागिएको थियो ।
गृह मन्त्रालयका सहसचिव महादेव पन्तले श्रेष्ठको नाम विभूषित हुनेको सूचिबाट हटाइएको अनलाइनखबरलाई जानकारी दिए । पन्तका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेकाले उनको नाम हटाइएको हो ।
यो विभूषण राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई दिने गरिन्छ ।
जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाइदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भक्तपुर दरबार स्क्वायर नजिक स्वीट होम रेष्टुरेन्टबाट पक्राउ गरेको थियो ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।