पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले आइतबार देशका विभिन्न भुभागमा पानी पर्ने सम्भावना रहेको छ । बिहान सफा मौसम रहेका ठाँउको मौसम दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।
प्रिमनसुन सक्रिय देखिएको कारण साँझ धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने एवं चट्याङको सम्भावनासमेत रहकेकाले सचेत भएर बस्न मौसमविद्ले जानकारी दिएका छन् ।
आइतबार राति पनि मौसम बदली भएर थोरै स्थानहरुमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।