धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र रहेको दिल्ली पब्लिक स्कुल र इटहरी स्थित सुष्मा गोदावरी कलेजको गेटमा बम गेट नजिकै गएराती विष्फोटक पदार्थ विष्फोट भएको छ ।

राती १२ः३० बजेको समयमा दुवै स्कुलमा वम विष्फोट भएको हो । विष्फोटवाट धरान स्थित देल्लि पब्लिक स्कुलको फलामको गेटमा सामान्य क्षति भएको छ भने पर्खाल चर्किएको छ । प्रतिष्ठानका डाक्टरहरु बस्ने क्वाटरका झ्याका सिसा फुटेका छन् । यता इटहरीको गोदावरी कलेजकमा विस्फोटनबाट कम्पाउण्डमा क्षति पुगेको छ ।

दुवै स्कुलमा चन्दा नदिएको कारण विप्लप समुहले बम विष्फोट गराएको प्रहरीको अनुमान छ । दूवै स्कुलमा ‘विप्लव’ समुहले चन्दा मागेको र नदिएको कारण तर्साउन वम विष्फोट गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता विनोद शर्मा ले वताए । विष्फोष्ट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
न्युज २४ बाट

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।