कमल प्याकुरेल
लम्की /असोज ६
कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरस्थित पूर्णिमा सामुदायिक वन नजिकैबाट आइतबार साँझ एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार सोही स्थानका २२ वर्षीय खडक सिजाली मगर पक्राउ परेका हुन । आइतबार साँझ करिब ७ बजे शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट करिब १ ग्राम खैरो हिरोइन फेला परेको हो ।
उक्त पदार्थसहित मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।