तस्कारी गरेर लग्दै गरेको अवस्थामा काठका गोलिया बरामद , तस्कर फरार
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १० स्थित पथरैया सामुदायिक बन क्षेत्र बाट काठ तस्कार गरेर लैजादै गरेको अवस्थामा सालका ५ वटा गोलिया समाुदायिक बनकाले पदाधिकारी गस्तीका क्रममा बरामद गरेको छन् ।
बिहिबार राती देखि बनको गस्तीमा हिडेको सामुदायिक बनका पदाधिकारीले शुक्रबार बिहान २ः३० बजे साईकलमा काचो हरीयो सालको रुख काटी साल गोलिया बनाई साईकलमा लोड गरि ल्यादै गर्दा गस्ती टोलीको मुडभेट हुदा तस्करहरु फारार भएका पथरैया सामुदायिक बनका अध्यक्ष भद्र बिष्टले बताए ।
अध्यक्ष बिष्टका अनुसार वडा नं ८ को उत्तरतर्फ सेखु, पश्चिम तर्फ तुलसिया खोला पुर्व पथरैया नदी र दक्षिण चौर रहेको क्षेत्रमै गस्ती टोली र तस्करहरुको मुडभेट भएको थियो भने तस्करहरुले हतियार(खुकुरी) टोली माथि प्रहार गर्दै फरार भएका थिए ।
बरामद गरिएको काठको परिमाण १९ दशमलब १३ क्युफिट रहेको पथरैया समुदायिक बनका कार्यालय सचिव रामस्वरुप चौधरीले बताए । चौधरीले ५ सालका गोलिया सहित ,गोलिया बोक्नकै लागि बनाईएको ५ बटा साईकल, रेति १ थान, खुकुरी १ थान, बन्चरो १थान र रेन्च १ थान बरमद गरिएको बताए । गोलिया अहिले सामुदायिक बनको हातामा राखिएको छ ।
तस्कारी गरेर लग्दै गरेको अवस्थामा काठका गोलिया बरामद , तस्कर फरार
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।