प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिक आधारित सामुदायिक आयोजना मंगलबार बाट कैलालीको लम्कीुहा नगरपालिकामा पनि सुरु भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम को अधिनमा रहेर बेरोजगार फारम भरेका व्यक्तिहरुको सुचिमा सुचिकृत भएका मध्य बाट पहिलो चरणमा नगरपालिका सबै वडाका निश्चित व्यक्तिहरुलाई सो कार्यक्रममा सहभागिता गराईएको नगरपालिकाका कार्यक्रम संयोजक सुरेन्द्र न्यौपानेले जानकारी दिए ।
मंगलबार बिहान बाट नगरपालिकाको वडा नम्बर ४ का बाट सुरु भएको कार्यक्रम को उद्धघाटन वडा अध्यक्ष लाल बहादुर बोगटीले गरेका थिए । सो अवसरमा बोल्दै वडा अध्यक्ष बोगटीले आफ्नो गाउँ आफै बनाउने यो सुवर्ण अवसर भएको भन्दै यस बाट सबै बेरोजगार हरुले फाइदा लिन सक्नु पर्ने बताउए ।
वडा नंम्बर ४ मा बाटो कालो पत्रेको काम भईरहेकोमा श्रमिकहरुले काम गर्ने छन्् । महिला तथा पुरुष श्रमिकहरुले समानरुपमा ८ घण्टा ज्याला स्वरुप ५ सय सत्र रुपैया पाउने छन्।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।