नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को लम्कीचुहा नगरपालिकाको अध्यक्षमा महेन्द्र ढङ्गाना चयन भएका छन् भने सचिवमा लाल बहादुर कुमाल चयन भएका छन् ।
नेकपाको बिहिबार धनगढी स्थित प्रदेश पार्टि कार्यालयमा बसेको प्रदेश कमिटिले सुदूरपश्चिमका ८८ वटा स्थानीय तहका अध्यक्ष तथा सचिवको टुङ्गो लगाए संगै लम्कीचुहा नगरपालिकाको पनि अध्यक्ष,सचिवको टुङ्गो लगाएको हो ।
अध्यक्षमा पुर्व एमालेका महेन्द्र ढुङ्गाना चयन भएका हुन् भने सचिवमा पुर्व माओवादीका लाल बहादुर कुमाल चयन भएका हुन् ।
महेन्द्र ढुङ्गाना पुर्व एमालेका चुहा गाउँ कमिटि अध्यक्ष हुदै क्षेत्रिय सचिव भई अहिले नेकपा लम्कीचुहा नगरपालिकाको नगर अध्यक्ष भएका हुन् भने लाल बहादुर कुमाल माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका थिए ।
नगर कमिटिले नै लम्कीचुहा नगरपालिकाको वडा कमिटिको टुङ्गगो लगाउने छ ।
नेकपा लम्कीचुहा नगरपालिकाको अध्यक्षमा महेन्द्र ढुङ्गाना, सचिवमा लाल बहादुर कुमाल
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।