कैलालीको लम्कीचुहा नगरपालिका वडा नंम्बर ४ बलिया बजारमा रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
लम्की जेसिज र लम्की प्याबसनको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रमका सभापति लम्की जेसिज बर्ष २०१९ का अध्यक्ष जेसि मोहन ढुङ्गना रहनुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथी लम्कीचुहा नगरपालिका वडा नंम्बर ४ का अध्यक्ष लाल बहादुर बोगटी रहनुभएको थियो । नेपाल रेडक्रस सोसाईटी बाके जिल्लाका राजेन्द्र महत्तो विशिष्ट अतिथी रहनुभएको थियो भने कार्यक्रमका अतिथीहरुमा लम्की जेसिजका निर्वतमान अध्यक्ष राम बहादुर बोगटी लम्की लेडि जेसिज, बलिया बजार व्यवस्थापन समिति, बलिया टोल विकास समिति, लगायतका संस्थाहरुको प्रतिनिधीहरुको उपस्थिीती रहेको थियो ।
लम्की जेसिजको बाषिर्क कार्यक्रम अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक जेसि चक्र उपाध्यायले जानकारी दिनुभयो ।
लम्कीचुहा नगरपालिका वडा नं ४ मुख्य प्रर्वद्धक रहेको रक्तदान कार्यक्रमका सहयोगीहरुमा नेपाल रेडक्रस सोसाईटी बाँके, कन्चन विकास बैंक, बलिया बजार ब्यबस्थापन, बलिया टो विकास समिति , अक्षर साहित्यक प्रतिष्ठान लगायतका रहेका थिए । सो रक्तदान कार्यक्रमबाट ७० पिन्ट रगत संकलन भएको लम्की जेसिज बर्ष २०१९ का अध्यक्ष जेसि मोहन ढुङ्गगानाले बताउनुभयो ।
लम्की जेसिजको रक्तदान कार्यक्रम सम्पन्न
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।