लम्की/ कार्तिक २२
कैलालीको लम्कीमा रहेको लम्की बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहका दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्राप्त गरेको छ ।
क्याम्पसका पूर्वप्रमुख सरोज कुमार शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको जानकारी अनुसार मानविकी संकायअन्तर्गत समाज शास्त्रमा स्नातकोत्तर र व्यवस्थापन संकाय अन्तर्गत व्यवस्थापनमा स्नातकोत्तर कार्यक्रम सञ्चालनका लागि अध्यापन अनुमति तथा सम्बन्धन प्राप्त भएको हो ।
नयाँ कार्यक्रम थपिएसँगै लम्की तथा आसपासका क्षेत्रका विद्यार्थीलाई स्थानीय स्तरमै स्नातकोत्तर तहको अध्ययन गर्ने अवसर विस्तार भएको छ । उच्च शिक्षाका लागि अन्य सहरमा जानुपर्ने बाध्यता कम हुनुका साथै विद्यार्थीले आफ्नै क्षेत्रमै गुणस्तरीय शिक्षा हासिल गर्न सक्ने अपेक्षा गरिएको छ ।
स्नातकोत्तर तहका थप कार्यक्रमले क्याम्पसको शैक्षिक दायरा विस्तार गर्नुका साथै यस क्षेत्रको उच्च शिक्षा विकासमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।
लम्की बहुमुखी क्याम्पसमा स्नातकोत्तरका दुई कार्यक्रम थप
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।