कैलालीमा राष्ट्र ब्यापी खुल्ला ब्याटमिन्टन प्रतियोगिता २०७६ हुने भएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं।१ लम्कीमा नेपाली काँग्रेस क्षेत्र नं।२ लम्कीचुहा नगर कार्यसमितीको आयोजनामा आगमी पौष ३ गते देखि राष्ट्र ब्यापी खुल्ला ब्याटमिन्टन प्रतियोगिता २०७६ हुने भएको हो । सुदुुरपश्चिमको प्रदेशद्धार लम्कीचुहा नगरपालिकालाई देशमै चिनाउनका लागी शहित लाल बहादुर बम र लोकराज ढकालको स्मृतिमा ब्याटमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको मंगलवार आयोजीत पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगर रु ५० हजार मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्दा द्धितिय हुने टिमले नगर रु २५ हजार मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै प्रतियोगिताको तृतीय हुने टिमले नगद रु १० हजार मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक लब बहादुर शाहीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको छ। प्रतियोगितामा देश भरका ४० वटा टिमहरुको सहभागीता रहने र प्रतियोगिता सञ्चालनका लागी करिब २ लाख रुपैया सम्म खर्च हुने आयोजकले अनुमान गरेको छ। प्रतियोगिताको तयारी बुधवारबाट तिब्र गतिका साथ अघि बढ्ने संयोजक शाहीले जानकारी दिनु भएको छ।
कैलालीको लम्कीमा राष्ट्र ब्यापी खुल्ला ब्याटमिन्टन प्रतियोगिता २०७६ हुदै

प्रतिक्रिया दिनुहोस्