कैलालीको लम्कीचुहा नगरपालिका–२ का वडा अध्यक्ष सन्तोष कुमार ओलीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । 
  आफ्नो ४० औं जन्मदिनको अवसर पारेर वडाका सात जना गरिब विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको अध्यक्ष ओलीले जानकारी दिदै फजुल खर्च भन्दा पनि सामाजिक काम गर्नु पर्ने बताए । ‘वडाका सात जना विद्याथीहरुलाई झोलासहितको शैक्षिक सामाग्री वितरण गरेको छु । त्यसैगरी वडा कार्यालयमा बृक्षा रोपण पनि गरेको छु । उनीहरुको पढाई लेखाइमा सहयोग होस् भनेर शैक्षिक सामाग्री वितरण गरिएको हो ।,’ वडा अध्यक्ष ओलीले भने, ‘उनीहरुको पढाई लेखाईमा सहयोग होस् भनेर शैक्षिक सामाग्री वितरण गरिएको हो । जन्मदिनको अवसरमा फजुल खर्च गर्ने चलन भएपनि हामी सामाजिक कर्ममा लागेका व्यक्तिले सामाजिक काम गरेर नै जन्मदिन मनाउनु पर्छ ।’
१३२७ मत सहित वडा अध्यक्ष ओली नेकपा एमालेबाट निर्वाचित भएका थिए । पछिल्लो समयमा जनप्रिय काम गर्दै आएका वडा अध्यक्ष ओलीको सार्वजनिक प्रशंसा समेत हुन थालेको छ ।