अक्षर साथी
लम्की, जेठ १४

कैलालीको लम्कीचुहामा रहेको १५ शैय्याको लम्कीचुहा अस्पताल अबदेखि लम्कीचुहा प्रादेशिक अस्पताल भएको छ । 
बिहीबार सुदूरपश्चिम प्रदेशका सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेसँगै लम्कीचुहा 
पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यो अस्पतालले स्थानीय बिरामीहरूलाई जिल्ला स्तरको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनेछन् । 
मुख्य सेवा तथा सुविधाहरू ः
बहिरंग सेवा :सामान्य चिकित्सा, स्त्री तथा प्रसूति, बाल रोग, शल्यचिकित्सा, आँखा, कान–नाक–घाँटी जस्ता विशेषज्ञ क्लिनिक ।
आकस्मिक कक्षः २४ घण्टे सेवा, ट्राइएज प्रणालीसहितको आपतकालीन उपचार।
आन्तरिक भर्ना : ५० शय्या (सामान्य, मातृ, बाल, पुरुष÷महिला वार्ड)।
शल्यक्रिया सेवा : अपरेसन थिएटरमा सामान्य शल्यक्रिया, सिजेरियन सेक्सन, हर्निया, अपेन्डिक्स जस्ता अपरेसन ।
मातृ तथा शिशु स्वास्थ्य : प्रसूति सेवा, नवजात शिशु कक्ष सहितको व्यापक ःऋज् सेवा।
प्रयोगशाला तथा इमेजिङ : पूर्ण ल्याब, एक्स–रे, अल्ट्रासाउन्ड ।
अन्य सुविधा :फार्मेसी, डेन्टल क्लिनिक, फिजियोथेरापी, परिवार नियोजन ।