अक्षर साथी
लम्की, असार १२ गते
 कैलालीको बौनियमा स्थानीय पत्रकारहरूका लागि तीन दिने खोज पत्रकारिता तालीम सुरु भएको छ ।
बिहीबार सुरु भएको तालीममा लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकाका ३१ जना पत्रकारको सहभागीता रहेको छ । 
  खोज पत्रकारिता तालीमबाट सहभागी पत्रकारले तीन दिन अवधिमा खोजमूलक समाचारको आइडियाको विकास, डेटा पत्रकारिता, पत्रकारितामा एआई र मल्टिमिडिया पत्रकारिता सम्बन्धि ज्ञान लिने छन् ।  
शुक्रबार सम्पन्न हुने तालीमको प्रशिक्षण पत्रकार विद्या राईले गरिरहेकी छन् ।