अक्षर सारथी

   कैलालीको लम्कीचुहा नगरपालिकाका किसानहरुले बिरोध रयाली निकालेका छन् । 
  सोमबार धानमा उपलब्ध गराउने राहत रकमको विषयलाई लिएर लम्कीचुहाका किसानहरुले बिरोध ¥याली निकालेका हुन् । 
  ¥यालीमा राप्रपाबाट नगर प्रमुखका उम्मेदवार मदनराज उपाध्याय, नागरिक उन्मुक्ति पार्टीबाट नगर प्रमुखका उम्मेदवार महेन्द्र उपाध्याय, स्वतन्त्रबाट नगर उप प्रमुखका उम्मेदवार पुष्पा शाही लगायतको सहभागिता रहेको थियो । सहभागि किसानहरुले जनप्रतिनिधि लगायत सबैलाई किसानले पाल्ने तर, अरुलाई पाल्ने किसान माथि नै अन्याय भएको बताएका थिए । 
उनीहरुले ‘भिख हामीलाई चाहिँदैन्, किसान मार्न पाइदैन’ भन्ने नारा लगाउँदै लम्कीचुहा नगर प्रमुखको कार्यकक्षमा ब्यानर सहित प्रवेश गरेका थिए । 
  सो कार्यक्रममा बोल्दै नगर प्रमुखको उम्मेदवार रहेका महेन्द्र उपाध्यायले सरकारले एकतर्फ जग्गा बाँझो राखेमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने नीति छ भने अर्कोतर्फ किसानलाई एक कठ्ठा बिउँको ७५ रुपैयाँ दिन्छ यो कस्तो खाल्को नीति हो भन्दै सरकारले किसानलाई  त गरिब होस् तैँले बोल्न पाइदैन त मर भनेको बताए । 
 त्यस्तै राप्रपाबाट नगर प्रमुख उम्मेदवार रहेका मदनराज उपाध्यायले एक कठ्ठामा चार क्विन्टल सम्म धान उत्पादन गर्न सकिने बताउँदै चार क्विन्टलको बिउँ ७५ आउँछ भन्दै प्रश्न गरेका थिए । 
स्वतन्त्रबाट नगर उप प्रमुखका उम्मेदवार पुष्पा शाहीले आफूहरुको माग सम्बोधन नभएको खण्डमा विरोध कार्यक्रममलाई थप सशक्त बनाउने बताइन् । 

Open photo
लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीेले किसानहरुको माग पत्र बुझ्दै यो निर्णय पूर्व जनप्रतिनिधिहरुले गरेको भएका कारण आफूले यसमा परिर्वतन गर्न नसकिने बताउँदै आगामी नीति तथा कार्यक्रममा समेट्ने बताईन् । 
  गएको कार्तिक पहिलो साता भएको अविरल मौसमले धानबालीमा ठूलो क्षति पुर्याएको थियो । देशभरीमा  २ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा लगाएको बालीमा असर गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी थियो । मन्त्रालयका अनुसार उक्त परिमाण धानबाट ८ अर्ब २६ करोड ८० लाख क्षति भएको बताएको थियो  । वर्षाले सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको थियो । उक्त प्रदेशमा ९३ हजार पाँच सय ७६  हेक्टरको धानबाली क्षति भएको थियो । सुदूरपश्चिमका ५५ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानमा असर पुगेको थियो । विशेषगरि कैलाली र कञ्चनपुरमा बढी क्षति भएको थियो । त्यस लगत्तै मंसिर २ गतेको मन्त्रिपरिषद्को बैठकले बेमौसमी वर्षाको कारण धानवालीमा क्षति पुगेको किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८, स्वीकृत गर्दै किसानलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । 
 सरकारले प्रति कठ्ठा पाँच सय ९१ देखि १९ सय २१ सम्म अनुमान गरेको थियो । तर, लम्कीचुहा नगरपालिकाले यहि जेठ २६ गते एक सूचना प्रकाशन गर्दै ७५ देखि तीन सय १५ सम्म दिने उल्लेख गरे पछि चौतर्फी आलोचना भएको थियो । लम्कीचुहाका किसान यही कुरालाई लिएर आन्दोलित भएका हुन् ।