कैलाली पोष्ट
लम्की/साउन, १५

कैलालीको टीकापुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयलाई सुकुम्बासीले घेराउ गरेका छन् ।
 भूमिहीन सुकुम्बासी, मुक्त कमैया, मुक्त कमलरी, दलित, बाढीपीडित लगायतले गरेको आन्दोलनको आज तेस्रो दिन हो । तेस्रो दिनमा आन्दोलनकारीहरूले नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।       
  आन्दोलनको प्रारम्भमा प्रदर्शन सामुदायिक चोकबाट सुरु भई खडकचोक, नगरपालिका कार्यालय वरिपरि प्रदर्शन गर्दै सम्पन्न गरिएको थियो । सो दिन आन्दोलनकारीहरूले सडकमा टायर समेत बालेर आक्रोश प्रदर्शन गरेका थिए ।
नगर प्रमुखले केही दिन दिइएको भनिएको अभिव्यक्तीको विषयलाई लिएर सुकुम्बासीहरू पछिल्लो तीन यता आन्दोलित छन् । 
आन्दोलनमा सहभागी भएका सुरज चौधरीका अनुसार टीकापुर नगरपालिकाले ‘माथिबाट आदेश आएपछि शिविर हटाउने’  नगरपालिका प्रशासनले  कुरा गरेपछि आफूहरूले बाध्य भएर आन्दोलन गर्नु परेको कैलाली पोष्टलाई बताए । 
 यद्धपी, विरोध कार्यक्रमलाई शान्तिपूर्ण ढंगले स्थगन गरी नगरपालिकासँग संवाद र सहकार्य गर्न पनि नगरपालिकाद्वारा विज्ञप्ती मार्फत आह्वान गरिएको छ ।