लम्की/भदौ, २५
   कैलालीको लम्कीचुहा नगरपालिकाका वडा नं.९ को कार्यालयको मोटरसाइकल बुधवार प्रहरी चौकीमा बुझाइएको छ । 
वडा कार्यालयको सुप्रप ०१–००१ ब २३३९ नंम्बरको मोटरसाइकल जेन–जी समूहले आफ्नो  नियण्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, प्रतापपुरमा बुझाइएको हो । यो मोटरसाइकलको प्रयोग वडा अध्यक्ष राम प्रसाद चौधरीले गर्दै आएका थिए ।