कैलालीको लम्कीचुहा नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयमा विरुवा वितरण गरेको छ । 
     नगरपालिकाको कृषि शाखाबाट नगर क्षेत्र भित्रका ४२ वटा सामुदायिक विद्यालयमा लिचि,अम्बा,एभोकाडो, आप,पिपल लगायतका १० प्रजातिका बोट विरुवा वितरण गरीएको कृषि विकास शाखा अधिकृत विक्रम चौधरीले बताए । 
     ४२ वटा सामुदायिक विद्यालयमा २१ सय ३५ वोट वितरण गरीएको छ भने त्यसको संरक्षणका लागि नगरपालिकाले ३ लाख ३१ हजार समेत नगद प्रदान गरीएको कृषि शाखाका नायव प्राविधक सहायक सुरेश प्रसाद ढुङ्गाना जानकारी दिए । 
     लम्कीचुहा नगरपालिका नगर प्रमुख महादेव बजगाईले हरीत नगरपालिका बनाउने उद्धेश्यले पहिलो चरण अन्तरगत विद्यालयमा विरुवा वितरण गरिएको छ भने पछि क्रमश नगरपालिकाले अन्य स्थानमा वितरण गरीने बताए ।