कैलालीको लम्कीचुहा नगरपालिका वडा नंम्बर २/४ मा रहेको कोपिला एकताले आफुले देउसी भैलो बाट संकलन गरेको रकम गौशाला निर्माणार्थ लम्कीमा आयोजना गरिएको महायज्ञमा दान दिएको छ । 
     कोपिला एकता समाजले  महायज्ञमा देउसी भैलो खेलेर संकलन गरेर १५ हजार रुपैयाँ महायज्ञमा दान दिएको डिल्ली सिंह रावलले जानकारी दिए । 
समाजका उपाध्यक्ष विरेन्द्र शाहले संकलन भएको मध्यबाट गौशाला निर्माण जस्तो पवित्र कामका लागि दान दिएको बताए भने समाजका सचिव देवेन्द्र रोकाय बताए । 
जम्मा संकलन भएको रकममा गाउँ घरमा शुभ अवसरमा आवश्यक पर्ने भाडा सामग्री खरीद गरेको र बाकी रहेको रकम यस पवित्र काममा दान दिएको देवा भण्डारीले बताए