अक्षर साथी  
कैलालीको जानकी गाउँपालिका–९, अरूणोदय माध्यामिक विद्यालयमा छात्राहरूका लागि प्रविधि तथा कला तालमी सुरु भएको छ । 
  दया फाण्डेसन, ललितपुरको आयोजनामा हुन लागेको तालीमको उद्धघाटन सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्री मेघराज खड्काले गरेका थिए । 


  तालीमको उद्धघाटन गर्दै सामाजिक विकास मन्त्री मेघराज खड्काले विद्यालयले अतिरिक्त क्रियाकलपामा निरन्तरता दिदै आएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिनु पर्ने बताए । त्यस्तै मन्त्री खड्काले सुदूरपश्चिम सरकारबाट यस विद्यालयमा भवन निर्माणका लागि २५ लाख बजेट विनियोजन गरिएको जानकारी दिदै विद्यालय तथा शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक काम गर्न आफू प्रतिवद्ध रहेको कुरा समेत बताएका छन् । 
  छात्रालाई प्राविधिक तालमी मार्फत सशक्तकरण गर्दै उनीहरूको आगामी जीवनलाई सहज र उपयोगी बनाउनका लागि तालीमको आयोजना गरिएको दया फाउण्डेसनकी अन्तराष्ट्रिय निर्देशक एन्नी कफलिनले बताइन् । 
  विद्यालयका प्रधानाध्यापक कपिलराज भाटले दया फाण्डेसनलाई तालीम आयोजनाका लागि धन्यवाद दिदै विद्यालय विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउनका लागि विद्यालय निरन्तर लागि रहेको बताए । विद्यालय र विद्यार्थीको सर्वाङ्गिण विकासका लागि यस्तै सरकारी, गैर सरकारी सँस्था, अभिभावक सहित सरोकारवालको सहयोगको अपेक्षा गरेको विद्यालयका प्राधानाध्यापक कपिलराज भाटको भनाइ रहेको  थियो । 
  यही कार्तिक २८ गतेबाट सञ्चालन भएको प्राविधिक तालीम(कम्प्युटर तालीम) र कला(चित्रकला) तालीम मंसिर ३ गतेसम्म सञ्चालन हुने छ ।