कैलालीको लम्कीचुहा नगरपालिका–४ बलिया बजारमा प्रतिबन्धित औषधी विक्री गर्ने क्लिनीक संचलाक पक्राउ परेका छन् । 
ईलाका प्रहरी कार्यालय मोतिपुर, लम्कीले प्राप्त सूचनाको आधारमा बलिया बजार खरौला रोड स्थित लक्ष्मी स्वास्थ्य क्लिनीकका संचलाक मेसक कुमार चौधरी लाई पक्राउ गरेको हो । 
क्लिनीका संचलाक चौधरीलाई लागु ६ प्रकारका औषध तथा प्रतिबन्धित औषधी सहित पक्राउ गरीएको जिप्रका कैलालीले जनाएको छ ।