कैलालीको लम्कीचुहा नगरपालिका वडा नंम्बर १ मा बस्ने अन्दाजी १६ बर्षिय एक युवकले रुखमा झुण्डीएर आत्महत्या गरेका छन् ।
कालिका मावी कक्षा १० मा अध्यनरत  पारस न्यौपाने शुक्रबार देखि घर बाट बेपत्ता भएका थिए ।  आज बिहान  चेतना सामुदायिक बनको जंगलमा घास काट्न गएका महिलाहरुले प्रहरी खबर गरेपछि प्रहरीले न्यौपानेलाई  भुण्डिएको अवस्थामा भेटिएका थिए । 
ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्र जोशीले मृत न्यौपानेले लेखेको नोटमा आफ्नो वैबाहिक विवादका कारण आत्महत्या गरेका खुलाएको बताए । 
मृत न्यौपानेको शव अहिले पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिदै छ