पर्यटन पत्रकार  कैलाली साखाका नब निर्बाचित  पदाधिकारिहरुलाइ नाटा सुदुरपस्चिम क्षेतृय सङ्ग्ले एक कार्यक्रमका बिच सम्मान गरेको छ  । 
नाटा सुदुरपस्चिमका अध्यक्ष  माया प्रकाश भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई स्वागत  गर्दै नाटा सुदुरपस्चिमका  सदस्य  शिबहरी पाण्डेले    पर्यटन  पत्रकार सङ्गै हातेमालो  गरेर अगाडि बढ्न  इच्छुक  रहेको बताउनु भयो । उहाले    नाटा  र पर्यटन पत्रकार महासङ्गको   कृयाकलाप   सन्युक्त  भएर जानेमा  बिस्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै पर्यटन पत्रकार महासङ्ग कैलालिका अध्यक्ष  भिम चौधरिले  नाटा सङ्ग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । उहाले सम्मान ब्यक्त गरेको मा नाटालाइ धन्यबाद दिदै  आगामी दिनमा पर्यटनको बिकासका लागि कलम चलाउनेमा बिस्वास ब्यक्त गर्नुभयो । 

नाटाका महासचिब  पदम  बिक्रम सिङले  सन्चालन गरेको  कार्यक्रमलाइ सम्पन्न गर्दै   नाटाका अध्यक्ष  माया प्रकाश  भट्टले  गन्तव्य पहिचान गर्ने काम नाटाले गर्ने र त्यसको प्रचार प्रसार नाटाले गर्ने बताउनु भयो । भारतका पनि विभिन्न पर्यटकिय गन्तब्यमा पुगि त्यहाक पर्यटकलाइ यहाँ  भित्राउने काम गरिरहेको उहाले बताउनु भयो ।  उहाले नाटा र पर्यटन पत्रकार महासङ्गको उदेस्य नै एउटै रहेकाले सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।  सुदुरपस्चिम प्रकृतिको दृस्टीले निकै  राम्रो रहेको बताउदै उहाले  प्रकृतिको प्रयोग गर्न नसकेको बताउनु भयो । 

यसै बिच आगामी पर्यटन सङ सम्बन्धित हरेक कार्यक्रममा नाटा सुदुरपस्चिम क्षेतृय सङ्गले पर्यटन पत्रकार सङ्गलाइ अनिबार्य सन्लग्नता हुने गरि सहकार्य गर्ने निर्णय समेत गरिएको छ ।