अक्षर साथी
लम्की/ चैत्र २७
  कैलालीको जानकी गाउँपालिका–५ अमौरामा आज बिहान भएको सवारी दुर्घटनामा हाइस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन् ।
  सु प प्र ०१–००१ ज १५९८ नम्बरको हाइसले साइकलमा सवार ४४ वर्षीया किहरु बडुवाललाई ठक्कर दिँदा उनको ज्यान गएको हो । साइकल चलाइरहेका उनका ५५ वर्षीय श्रीमान् मानबहादुर बडुवाल घाइते भएका छन् । 
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक नविन राजा बुढाथोकीका अनुसार घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ । टीकापुरबाट लम्कीतर्फ जाँदै गरेको हाइसले सोही दिशातर्फ साइकलमा यात्रा गरिरहेका दम्पत्तीलाई ठक्कर दिएको थियो । 
यो घटनाले स्थानीय क्षेत्रमा शोकको महोल सिर्जना गरेको छ ।