सामाजिक कार्य सम्पन्न गर्नमा स्वास्थ्य स्वयंसेविकाको भूमिका अहम रहेको नगर प्रमुख सुशीला शाहीले बताएकी छन् । 
   २१ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाको भवन भल्कामा बिहीवार भएको कार्यक्रम बोल्दै प्रमुख अतिथि समेत रहेकी नगर प्रमुख शाहीले सो कुरा बताएकी हुन् । ‘०४६ सालदेखि निरन्तर यो समाजका लागि गरेका योगदान हामीले सम्झेका छौं ।, ’ नगर प्रमुख शाहीले भनिन् ‘कोरोना महामारीदेखि गाउँ घरका हरेका सूचना स्वयंसेविकालाई थाहा छ । त्यसैले समाजमा स्वास्थ्य स्वयंसेविकाको भूमिका अहम छ ।’
त्यस्तै नगर प्रमुख शाहीले स्वास्थ्य स्वंयमसेविकाले पाउने सुविधामा थप यातायात सुविधा सहित अन्य सुविधाहरूले नगरपालिकाले दिएको बताइन् । 
   कार्यक्रममबाट रेखा कुमारी भट्टराई, धिरा देवि चौधरी, कालि बगाले, धनादेवि थरुनी, निर्मला बम सेवा निवृत भएपछि उनीहरूलाई जनही  एक लाख नगद रुपैयाँ समेत प्रदान गरिएको थियो । 
कार्यक्रममा लम्कीचुहा नगरपालिकाकी नगर उप प्रमुख जुना चौधरी, प्रमुख प्रशासकीय अधिकृत सुषमा महता के.सी, स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।