कमल प्याकुरेल

लम्की/साउन १३

लम्कीबजार नजिक आन्तरिक मामिला तथा कानुनमन्त्री गाडी एकआपसमा ठोक्किदा दुर्घटना भएको छ।

आज कैलालीको लम्कीचुहा नगरपालिकाको लम्कीबजार नजिक आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की र भौतिक पूर्वाधर विकासमन्त्री सुरेन्द्र पाल सवार गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।

मन्त्री हीरा सार्की सवार से १ झ ३३० र मन्त्री सुरेन्द्र पाल सवार बा २ झ १४१९ नम्बरको गाडी एकआपसमा ठोक्किएको ईलाका प्रहरी कार्यलय लम्कीका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र बहादुर सिंहले कैलाली पोष्टलाई जानकारी दिनुभएको छ ।

कटासे जलविद्युत आयोजनाको इन्टेक उद्घाटन कार्यक्रममा सहभागी हुन चिसापानी जाने बेला सो दुर्घटना भएको ईलाका प्रहरी कार्यलय लम्कीले जनाएको छ ।  विस्तृत विवरण आउन बाँकी छ।