कैलाली डेस्क
लम्की/असोज, २६
  कञ्चनपुरमा प्रहरीले २८ लाखको विष्फोटक पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ २८ लाख ९८ हजार ६ सय ५० रुपैयाँ मुल्य बराबरको बिष्फोटक पदार्थ बरामद गरी एक जनालाईलाई नियण्त्रणमा लिएको हो । 
  विषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भिमदत्त नगरपालिका–३ का ४९ वर्षिय खडक  पालको घरमा खानी तलासी गर्दा विष्फोटक पदार्थ बरामद गरिनुका साथै घरधनी खडक पाललाई नियण्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।