अक्षर साथी
लम्की/असोज २
कैलालीको टीकापुर नगरपालिकाले जेनजी आन्दोलन क्रममा नगरपालिकाको जेसेबीमा लागेको आगो निभाउने बालक रमेश ढकालाई सम्मान गरेको छ । 
  भदौ २४ गते आन्दोलनमा सरकारी तथा निजी सम्पत्ति, सरकारी कार्यालय जलाइएका थिए । यसै क्रममा टीकापुर नगरपालिकामा पनि आगजनी गरिएको थियो । जेसीबीमा आगो लागेको थाहा पाएपछि विशालनगर शिविरका ११ वर्षीय बालक राकेश ढकालल पानी खन्याउँदै आगो निभाउने प्रयास गरेका थिए । 
 उनै बालक राकेश ढकाललाई बिहीवार नगर प्रमुख रामलाल डगौरा थारुले आफ्नो कार्यकक्षमा खादा  ओडाएर सम्मान गरेका हुन् ।