कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ बौनियाँ बजारको एक विद्युतीय सामान रहेको गोदाममा आगलागी भएको छ । स्थानीय प्रकाश साउँदको बिधुतिय सामान रहेको गोदाममा आगो लागेको ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरिक्षक ध्रुव बिष्टले जानकारी दिनु भयो । शुक्रबार दिउँसो २ बजेतिर आगो लागेको थियो । झण्डै १० वटा सटरमा पंखा, फ्रिज, कुलर लगायतका बिधुतिय सामान रहेको गोदाममा एक्कासी आगो लागेको खबरपछि ईलाका प्रहरी सुख्खड, लम्की लगायतबाट ठुलो संख्यामा पुगेको प्रहरीसहित स्थानीय आगो निभाउन खटियको प्रहरी निरिक्षक बिष्टले जानकारी दिनु भयो ।आगो धेरै फैलिसकेकाले अझै नियन्त्रण गर्न एक डेढ घण्टा लाग्ने बिष्टले जानकारी दिनु भयो । दमकलसहित ठुलो संख्यामा प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन ्। आगो नियन्त्रणमा आई नसकेकाले कसरी आगो लाग्यो र के कति क्षति भयो भन्ने अहिले भन्न नसकिने प्रहरी निरिक्षक बिष्टले बताउनु भयो ।
बौनियाँमा आगलागी

प्रतिक्रिया दिनुहोस्