कैलालीको लम्कीमा रहेको लम्की लेडी जेसीजको नवनिर्वाचित पदाधिकारीको पदास्थापना समारोह सम्पन्न भएको छ । 
सोमबार लम्की जेसिजको भवनमा सो कार्यक्रम सम्पन्न भएको हो । 
  सन् २०२५ का लागि लम्की लेडी जेसीजले ३१ सदस्यीय  नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । जसको अध्यक्षमा बिरिन्दा सुवेदी धमाला, कार्यकारी उपाध्यक्षमा पवित्रा विश्वकर्मा र कल्पना तिमिल्सेना रहेका छन् । त्यस्तै कानुनी सल्लाहकारमा रुपा स्वार, कोषाध्यक्षमा पार्वती कार्की, र महासचिवमा ससिरा शाही रहेकी छन् । चार जना उपाध्यक्षमा आशा बम, कोकिला बिष्ट, शान्ती शाह र  रेखा रावल रहेका छन् । त्यस्तै शाखा सम्पादकमा सुस्मिता चन्द, प्रकरण निर्देशकमा अन्जना सिंह, सदस्य वृद्धिमा प्रमिला तिरुवा, जनसम्पर्क अधिकारीमा उशा शाह, सह सचिवमा कृष्णा रिजाल, तालीम संयोजकमा रुपा उपाध्याय र अध्यक्षको प्रमुख सल्लाहकारमा राधा बजगाई रहेकी छन् । 
लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशीला शाही प्रमुख अतिथी, नगर उप प्रमुख विशिष्ट अतिथी रहेको कार्यक्रममा आफ्नो भनाइ राख्दै नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथी सुशीला शाहीले लम्की लेडी जेसीजको आफू संस्थापक अध्यक्ष भएको नाताले लेडी जेसीजसंग फरक किसिमको सम्बन्ध रहेको बताइन् । त्यस्तै नगर प्रमुख शाहीले सामाजिक कार्य गर्न नयाँ निर्वाचित जेसीजको टीम सक्षम रहेको बताउँदै नगर प्रमुख शाही लेडी जेसीजसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताइन् । 
  त्यस्तै विशिष्ट अतिथि तथा लम्कीचुहा नगर उप प्रमुख जुना चौधरीले नयाँ निर्वाचित टीमलाई बधाई दिदै जेसीजको नयाँ टीमले मानव जीवन र समाजका लागि  उल्लेख्य दिने अपेक्षा लिएको बताइन् । 
नवनिर्वाचित विरिन्दा सुवेदी धमालाको ०४७ सालमा कालिकोट जन्म भएको थियो । उनले कक्षा १२ सम्मको औपचारिक शिक्षा ग्रहण गरेकी छन् । ०६३ सालमा कैलाली आएकी विरिन्दा विभिन्न सामाजिक कार्य गर्दै आएकी छन्
।