चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक(फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक(फरक भएको पत्ता लागेको हो ।

जब दम्पती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो ।


डीएनए परीक्षणपछि महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको खुलासा भएको हो । श्रीमानलाई यो विषयको जानकारी हुनेबित्तिकै उनले श्रीमतीसँग सोधपुछ गरेका थिए ।

सोधपुछपछि महिलाले अर्को व्यक्तिसँग पनि सम्बन्ध भएको स्वीकार गरेकी थिइन् । यो तथ्यदेखि डाक्टर पनि अचम्ममा परेका छन् ।