गंगाराम उपाध्याय
परिचय
क्षयरोग विश्वमा जनस्वाथ्यको प्रमुख समस्याको रुपमा रहेको छ । सन २०९३ मा विश्व स्वास्थ्य संगठनले क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याको घोषणा गरेको छ ।यसको व्वस्थापनको लागि नयाँ निति तथा कार्यक्रमहरुमा जोड दिदैं आएको छ । क्षयरोग नेपालमा पनि जनस्वाथ्यको प्रमुख रुपमा रहेको छ ।अशिक्षा, चेतनाको कमी, गरिबी,आन्तरिक बसाई सराई, खुला सिमना लगायतका बिभिन्न कारणले यस रोगबाट संक्रमित हुने दर बढदो छ । स्वास्थ्य सेवामा सबैको समान पहुँुच नभएको,सेवाको गुणस्तर तथा वितरणमा रहेको कमी कमजोरीका कारणले समेत अपेक्षित उपलब्धी हासिल गर्न कठिनाई देखिएको छ ।
राष्टिय रणनीतिक योजना
परिकलपनाः क्षयरोग विहिन नेपाल
लक्ष्यः क्षयरोग बिरामी हुने दर, मृत्यु हुने दर,तथा संक्रमण कम गरी जनस्वास्थ्य समस्याको रुपमा रहन नदिने
उदेश्यहरुः
१) हालको क्षयरोग हुने दरमा सन २०२० सम्ममा २० प्रतिशतले र २०३५ सम्ममा९० प्रतिशतले कमी ल्याउने (सन २०१५ को तुलनामा)
२) १) क्षयरोगका कारणले हुने मृत्यु दरमा सन २०२० सम्ममा ३५ प्रतिशतले र २०३५ सम्ममा ९५ प्रतिशतले कमी ल्याउने (सन २०१५ को तुलना)
३) क्षयरोग निदान तथा उपचारमा क्षयरोगका बिरामीले तथा परिवारका सदस्यहरुले बेहोर्नु पर्ने प्रत्यक्ष तथा परोक्ष खर्चलाई शुन्यमा झार्ने
४) क्षयरोग कार्यक्रमका लागि जनशत्ति व्यवस्थापन तथा क्षमता अभिबृद्दि,वित्तिय व्यवस्थापन, भौतिक संरचनाको विकास,खरिद तथा आपुर्ति व्यवस्थापन गरी स्वास्थ्य प्रणाली सुदृढिकरणमा सहयोग गर्ने,
५)क्षयरोग कार्यक्मको सर्भेलेन्स,अनुगमन तथा मुल्यांकनको एकिकृत प्रणालीको बिकास गर्ने,
६) बिपत वा जनस्वास्थ्य इमरजेन्सी अवस्था क्षयरोग नियन्त्रण कार्यक्रमको निरन्तरताको लागी योजना बनाउने ।
आर्थिक बर्ष २०८०÷२०८१ मा लम्कीचुहा अस्पतालमा सम्पादित क्रियाकलापहरुः
१) बिरामीको निदान तथा उपचार
२) चौमासिक समिक्षा संचालन,
३) समुदायमा क्षयरोग खोजपडताल लागी स्क्रिनि क्याम्प संचालन,
४) लम्कीचुहा अस्पतालमा कार्यरत चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुको नियमित समन्वयात्मक बैठक ।
क्षयरोग सम्बन्धि सुचांकको अवस्थाः
तलको चित्रमा यस अस्पतालको क्षयरोगको सुचांकको अवस्था दिइएको छ । यस अस्पतालमा केश नोटिफिकेशन दर बिगत तिन आर्थिक बर्ष मा क्रमशः १४१.५,१९१.४ र १६४.९ रहेको छ ।
आर्थिक बर्षको बिस्तृत बिबरण तल दिईएको छ
Indicator
Unit
cf=j=@)&*
cf=j= @)&(
cf=j=@)*)
Case NotificationRate all form of TB per 100000 population
100000
141.5
191.4
164.9
Case NotificationRate all form of PBC new and Relapse TB cases per 100000 population
100000
79.5
96.6
120.9
Treatment success rate(all pbc)
100000
90.6
95.9
92
लेखक उपाध्याय लम्कीचुहा अस्पताल विकास समिति, लम्कीचुहाका सदस्य सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्